केपी ओली प्रचण्ड माधव नेपाल एमाले


९ गते पार्टी एकता हुँदैन–ओली

सहयात्रा टिभी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो ९ गते नै पार्टी एकीकरण हुने सम्भावना नरहेको बताएका छन् । झापाको गौरादहमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्काल नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरणको हल्ला सत्य नभएको बताए ।

उनले भने–‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनु भयो, मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन ।’ ओलीले थपे–‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हुन्, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’

उनले दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने दाबी गरे । ओलीले नेपालको अर्थतन्त्र नबुझे अर्थशास्त्रीहरुले वामपन्थी सरकारकोविरुद्ध हल्ला चलाएर नेप्से घटाएको आरोप लगाए ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्