केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक महिलाको पाँच पति, एक जना भाइसँग बिहे गरे उसका सबै भाइलाई श्रीमान मान्नुपर्ने

सहयात्रा टिभी

महाभारत कालमा ५ वटा पतिलाई स्विकारेको कथा तपाई हामीले हेर्दै र देख्दै आएका छौँ । तर २१ औं शताब्दीमा पनि द्रौपतीको कल्पना गर्न सकिन्छ ? त्यस्तै भएको छ भारत देहरादूनकी राजो वर्माको जीवनमा पनि । उनले पाँच वटा पतिसँग रात बिताउँछिन् ।

जहाँसम्मकी उनलाई आफूले जन्म दिएकी १८ महिने छोरी कुन श्रीमानको हो भन्नेसम्म पत्तो छैन । यद्यपी उनीहरु सबै जना एक–अर्काबीच उत्तिकै प्रेम गर्छन् । गरीब परिवारका यी सहोदर दाजुभाइको घरमा जम्मा एउटै कोठा छ ।

उनीहरु श्रीमतीसँग दिनमा एक जना मात्रैसँगै सुत्छन् । अरु सबै बाहिर मझेरीमा सुत्छन् र आ–आफ्नो पालोको दिन पर्खन्छन् । जुन कुरा देहरादूनको हिमालय गाउँको परम्परा अनुसार एक जना भाइसँग बिहे गरे उसका सबै भाइलाई श्रीमान मान्नुपर्ने भएपछि राजमोले सबैलाई श्रीमानका रुपमा अपनाएकी हुन् । जुन विश्वकै अनौठो परम्पराका रुपमा सबैले हेर्दै आएका छन् । एजेन्सी

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्