ट्याक्सीको ठक्करले मृत्यु

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंको सिंहदरबार चोकमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सिंहदरबार चोक नजिकै ट्याक्सी र मोटरसाइकल ठोक्किँदा धादिङका रुप घलेको ज्यान गएको छ । आइतबार बा २ ज २३ ४४ नम्बरको ट्याक्सीले बा ३३ प ७४३ मोटरसाइकललाई ठक्कर दिंदा धादिङ रुबीभ्यालीका २१ वर्षका रुप घलेको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्