केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिकित्सा शिक्षा अध्यादेश संक्रमणकालीन जीत मात्रै हो–डा.केसी

सहयात्रा टिभी

काठमाण्डौं । डा. गोविन्द केसीले राष्ट्रपतिबाट भर्खर प्रमाणीकरण भएको चिकित्सा शिक्षा अध्यादेश नेपाली जनताका लागि संक्रमणकालीन जीत मात्र भएको बताएका छन् ।

डा. केसीले आइतबार पत्रकार सम्मेलन गरी अध्यादेश पारित गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । उनले सरकारबाट जनतामुखी ऐनको पक्षमा कि विपक्षमा प्रष्ट अडान दिन आग्रह गर्दै भने–‘अध्यादेश आउनु हाम्रो अभियानको संक्रमणकालीन जीत मात्र हो । पूर्ण ऐनको रुप दिन बाँकी नै रहेकाले आउने संसदबाट ऐनको रुपमा दिन सबै दललाई अपील गर्दर्छौं ।’

उनले अध्यादश आए पनि चिकित्सा शिक्षामा भद्रगोल कायम गर्न जिम्मेवारहरुमाथि कार्बाही गर्नुपर्ने लगायतका आफ्ना माग पूरा हुन बाँकी नै रहेको स्मरण गराएका छन् । साथै आईओएमको अधिकार खोसेको भन्दै त्रिवि पदाधिकारीलाई कार्बाही गर्न पनि माग गरेका छन् ।उनले केही गलत पात्रका कारण न्यायालयको बद्नामी भएको पनि बताएका छन् । काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धनमा सर्वोच्चले गरेको फैसलाले न्यायालयको गरिमा घटाएको उनको निष्कर्ष छ । केसीले थपे– ‘लोकतान्त्रिक व्यवस्थामा अवहेलनाको त्रास देखाएर मिडियाको मुख थुन्ने र निरंकुशतापूर्वक भष्टाचारमा लिप्न हुने अधिकार न्यायालयलाई छैन ।’

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्