इराक र इरानको उत्तरी सीमामा ७.३ रेक्टरको भूकम्प, हालसम्म ६५ को मृत्यु

सहयात्रा टिभी

एजेन्सी । इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परि पश्चिम इरानमा कम्तीमा ६१ जनाको र इराकमा ४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ भने ३ सयभन्दा बढि घाइते छन् । इरानी समाचार संस्था आइ.आर.आइ.एन.एनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ । इरानी अधिकारीका अनुसार भुकम्पमा परि मारिनेको सख्या बढ्न सक्ने बताएको सिएनएनले जनाएको छ ।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिएको छ । अधिकांश गाउँमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्