केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बजेट पारित नहुँदा समस्यामा उडययन् प्राधिकरण

सहयात्रा टिभी

काठमाण्डौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको आर्थिक वर्ष २०७४÷०७५ को बजेट पारित नहुँदा प्राधिकरणको काममा समस्या भएको छ । ६ महिनाअघि पारित भएसक्नु पर्ने बजेट पारित नहुँदा प्राधिकरणलाई कर्मचारीकैतलव खुवाउन समस्या भइरहेको छ ।

प्राधिकरण बोर्डको ढिलासुस्तीका कारण बजेट पारितमा समस्या भइरहेको जनाइएको छ । बोर्डको बैठक बोलाउनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री जितेन्द्रनारायण देव चुनावी अभियानमा व्यस्त भएका कारण पनि बजेटको समस्या आएको प्राधिकरणले जनाएको छ । बोर्डमा निजी क्षेत्रका जहाज सञ्चालकबाट प्रतिनिधित्व गर्ने निमा लामाको मृत्यु भएको छ । उनको साटो अर्का प्रतिनिधि नियुक्त गरिएको छैन । अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले अवकाश पाएकाले अहिले बोर्डमा ६ सदस्य मात्र छन् ।

अर्थ मन्त्रालयले चिमोरियाको साटो अर्को प्रतिनिधि पठाएको छैन । पर्यटन क्षेत्रका प्रतिनिधिहरु अधिकांश समय विदेशमै हुन्छन् । सोही कारण वैठकका लागि कोरम पु¥याउन नसकिएको हो । बजेट नै पारित नहुँदा विभिन्न निर्माण तथा बहुवर्षीय आयोजनालाई भुक्तानी दिन समस्या भएको प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार कर्मचारीलाई कात्तिकको तलब भुक्तानी दिन गाह«ो छ । चालु आर्थिक वर्षको बजेट पारित नहुँदा गत आर्थिक वर्षको बजेटमा उल्लेखित प्रशासनिक खर्चको ६ भागको एक भाग खर्च गर्न सकिन्छ । प्राधिकरणले ४३ अर्ब ५९ करोडको बजेट निर्माण गरेको छ, जसलाई १९ साउनको बोर्ड बैठकमा पेश गरिएको थियो । तर, मन्त्रालयका प्रतिनिधिले त्यसमा समीक्षा गरेर मात्र पारित गर्नुपर्ने सुझाव दिएपछि बजेट रोकिएको हो । त्यसलगत्तै मन्त्रालयले प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउने प्रक्रिया थालेकोे थियो । निर्वाचन आयोगले रोकेका कारण मन्त्री देवको प्रयास सफल भएन ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्