रोल्पामा विप्लव माओवादीको बन्द

सहयात्रा टिभी

रोल्पा । चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका आफ्ना सबै नेता–कार्यकर्ताको रिहाइको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज रोल्पा बन्द गरेको छ ।

बन्दका कारण रोल्पाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सोमबार बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प छन् । जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदीलगायतका नेता–कार्यकर्ता गिरफ्तारीविरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जनाएको छ ।

सदरमुकाम लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेको जलजला यातायात व्यवसायी समिति रोल्पाका यज्ञश्वर आचार्यले जानकारी दिए । बन्दका कारण बिहानी कक्षाका लागि क्याम्पस हिंडेका विद्यार्थी समेत घर फर्किएका थिए । सडकमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति नदेखिए पनि बन्दका कारण जिल्ला ठप्प छ । शनिबार र आइतबार पश्चिम रोल्पामा चुनाव प्रचार–प्रसारमा गएका पूर्व अर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार गरिएसँगै जिल्लामा सन्त्रासको वातावरण सिर्जना भएको छ ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्