केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँ कम्पनीसँगको ‘बुढीगण्डकी’ सम्झौता खारेज

सहयात्रा टिभी

काठमाण्डौं । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिन गरिएको यसअघिको सम्झौता सरकारले खारेज गरेको छ । उर्जामन्त्री कमल थापाले सोमबारको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको बुढीगण्डकीको सम्झौता खारेज भएको बताए ।

हचुवा ढङ्गले सम्झौता भएको भन्दै मन्त्री थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको बताए । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व रहेको सरकारका पालामा यो सम्झौता हुँदा कांग्रेस सरकारको प्रमुख घटक थियो ।

कांग्रेसको समेत संलग्नतामा रहेको क्याबिनेटले बुढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो । यो आयोजनालाई चीनले नेपालकै आग्रहमा ‘वन बेल्ट वन रोड’ अवधारणा (ओबीओआर) मा समेत राखिसकेको छ ।थापाले सामाजिक सञ्जालमा लेखेका छन्–‘अनियमित र हचुवा ढङ्गले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ ।’ बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयको नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि विरोध गर्दै आएका थिए ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्