केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनिल गुरुङको कप्तानीमा फिलिपिन्सबिरुद्ध खेल्दै नेपाली फुटबल टोली

सहयात्रा टिभी

काठमाण्डौं । एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि अनिल गुरुङको कप्तानीमा नेपाली फुटवल टोली मैदान उत्रने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले भोलि हुने खेलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले गुरुङको नेपाली टोली छानेका हुन् । टोलीमा तीन गोलरक्षक, ७ डिफेण्डर, ८ मिडफिल्डर र ५ स्ट्राइकर छन् । टोलीमा कप्तान अनिल र विंगर मिडफिल्डर जगजीत श्रेष्ठले पुनरागमन गरेका छन् । अष्ट्रेलियामा बस्दै आएका जगजीत १८ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका हुन् भने अनिल छनोट चरणको यसअघिको एक खेलमा टिममा परेका थिएनन् ।

कप्तान अनिल गुरुङले फिलिपिन्सबिरुद्धको खेलसँगै राष्ट्रिय टोलीबाट ५० क्याप पूरा गर्नेछन् । उनले सोही खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् । समूह चरणमा यसअघिका चार खेलमा जीत निकाल्न नसकेको नेपाल एशियन कप छनोटबाटै बाहिरिइसकेको छ । नेपालले अवे खेलमा फिलिपिन्ससँग ४–१ को पराजय ब्यहोरेको थियो ।

छानिएकोफुटवल टोलीमा गोलरक्षकहरुमा किरणकुमार लिम्बू, बिकेश कुथु, बिशाल श्रेष्ठ छन् । डिफेण्डहरुमा बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी छन् । यस्तै मिडफिल्डरहरुमा सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अञ्जन विष्ट, जगजीत श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल वल छन् । टोलीको फरवर्डमा भरत खवास, बिमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की रहेको एन्फाले जनाएको छ ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्