केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुई जलविद्युत आयोजनामा लगानी जुटाउन म्याद थपियो

सहयात्रा टिभी

काठमाण्डौं । लगानी बोर्ड दुई ठूला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन म्याद थपेको छ । बोर्डले माथिल्लो कर्णालीको निर्माण लिएको जीएमआर र अरुण तेस्रोको जिम्मा पाएको सतलजलाई लगानी जुटाउन सहज होस् भनेर समयावधि थप गरेको जनाइएको छ ।

बोर्डले अरुण तेस्रोमा थप ६ महिना समय दिएर लगानी जुटाउन सतलजलाई मौका म्याद दिएको छ । जीएमआरलाई भने फाइनान्सियल क्लोजर गर्ने म्याद एक वर्ष थप गर्ने निर्णय भएको छ । मन्त्रिपरिषदले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेकै दिन लगानी बोर्डले समयमै लगानी जुटाउन नसकेका भारतीय कम्पनीलाई थप समय उपलब्ध गराउने निर्णय गरेको हो । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा बसेको बैठकले ठूला परियोजना होल्ड गरिरहेका दुबै भारतीय कम्पनीलाई लगानी जुटाउन थप समय दिने निर्णय गरेको हो ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्