केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाल मृत्युदर २० वर्षमा तीन गुणा कम

सहयात्रा टिभी

काठमाण्डौं । नेपालमा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर कम हुँदै गएको छ । नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार आएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार आएको उल्लेख छ । सर्वेक्षणले ५ वर्षमुनिका बालबालिकाको मृत्युदर विगत २० वर्षमा तीन गुणा घटेको जनाइएको छ ।जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् १९९६ यताको पाँचौं सर्वेक्षण हो । सर्वेक्षणमा अझै पनि नेपालका धेरै बालबालिका कुपोषणले ग्रस्त रहेको पनि उल्लेख गरिएको छ ।

त्यसैगरी, नेपालमा गर्भवती सेवा सुधारोन्मुख हुँदै गएको पनि सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा एउटा विवाहित महिलाको औसतमा लगभग २ वटा बच्चा जन्मने गरेको पनि देखाएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. गीताभक्त जोशीले मातृ तथा बाल स्वास्थ्यमा सुधार हुँदै जानु नेपालको महत्वपूर्ण उपलब्धी भएको बताए ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्