केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विप्लवका २० कार्यकर्ता पक्राऊ

सहयात्रा टिभी

काठमाण्डौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेद्वारमाथि लगातारजसो आक्रमण र अवरोध बढिरहेका बेला सोमबार प्रहरीले कास्की र ताप्लेजुङबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतको अनुसार पक्राउ पर्नेमा मेची अञ्चल ब्युरो सदस्य सकल लिम्बू, जिल्ला सचिवालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्कीढोली रहेका छन् । यसैगरी जिल्ला सदस्य ध्रुव मादेन, जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल, जनस्वयमसेवकका जिल्ला कोषाध्यक्ष पूर्ण थलङ र जिल्ला सदस्य प्रमलाल चौहान पक्राउ परेका छन् ।

यता नेकपाका जिल्ला ईन्चार्ज आशिषले आफ्ना थप दुई कार्यकर्ताहरु पेम्वा शेर्पा र सुरेन्द्र कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको बताएका छन् । उनले प्रहरीले नियन्त्रणमा लिएका आप्mना कार्यकर्ता विना सर्त रिहा नगरे निर्वाचनमा भाग लिने उम्मेद्वारहरुलाई पनि नियन्त्रणमा लिने बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ १२ जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको हो । मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले देशभर विप्लव माओवादीका  कार्यकर्तामाथि निगरानीसँगै धरपकड गरिरहेको छ । आज विप्लव माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै रोल्पा बन्द गरेको थियो ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्