केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘बुढीगण्डकी आयोजना चाँडै अघि बढ्छ’

सहयात्रा टिभी

काठमाण्डौं । उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम जति सक्दो चाँडो अघि बढ्ने बताएका छन् ।

उनले राष्ट्रिय गौरवको यो योजना यथासम्भव चाँडो निर्माण सम्पन्न गर्ने गरी नीति, कार्यविधि र योजना सार्वजनिक गरिने बताएका छन् । चिनियाँ कम्पनी गेजुवा ग्रुपसँगको सम्झौता रद्द गरेपछि बुढीगण्डकीको भविष्यबारे अन्योल देखिएका बेला मन्त्री थापाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

कांग्रेस समेत सहभागी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण गर्ने जिम्मा चिनियाँ सरकारी कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय गरेको थियो । तर कांग्रेस नेतृत्वकै सरकारले सोमबार सो सम्झौता रद्द गरेको छ । एउटा सरकारले जिम्मा दिने र अर्कोले खोस्ने निर्णयबाट अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्