केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौंमा १० औं दक्षिण एशिया आर्थिक सम्मेलन

सहयात्रा टिभी

काठमाण्डौं ।  दक्षिण एशियाली राष्ट्रहरुको विविध अवसर र चुनौतिहरुका विषयमा छलफल गर्न आज (मंगलबार) देखि काठमाण्डौंमा १० औं दक्षिण एशिया आर्थिक सम्मेलन आयोजना भएको छ ।

तीन दिन चल्ने सम्मेलनमा दक्षिण एशियाली राष्ट्रहरुको विकासमा देखिएका अवसर र समस्याहरु पहिचान गरिने जनाइएको छ । वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्टले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा दक्षिण एसियाली देशका दुई सय भन्दा बढीको सहभागिता छ ।

सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का वाणिज्य मन्त्री, योजनाविद एवम् अर्थशास्त्री तथा सार्कका पयर्वेक्षक राष्ट्रका विज्ञको सहभागिता रहेको योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले जानकारी दिए । सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार सम्भावनाको खोजी, दिगो विकासका लक्ष्य, समावेशी विकास, मौसम परिवर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप जोखिम न्यूनीकरण जस्ता १८ विषयमा गहन छलफल हुने जनाइएको छ ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्