चुनावको मुखमा एआइजी बढुवा सिफारिस !

सहयात्रा टिभी

काठमाण्डौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मुखैमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्ष (एआइजी) मा चार जना बढुवा सिफारिस भएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवा सिफारिस गरेको हो । प्रहरीमा यसअघि नै ११ एआईजी बढुवा भइसकेका छन् ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्