केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निरिह बन्दै निर्वाचन आयोग, उम्मेद्वार र मतदातालाई भन्यो–‘आफै सुरक्षित हुनुहोस्’

सहयात्रा टिभी

काभ्रे । विगत केहि समयअघि आसन्न चुनाव शान्तिपूर्ण र निर्भयका साथ पूरा हुने बताउँदै आएको निर्वाचन आयोग पछिल्लो समय निर्वाचन नजिकिंएसँगै देशमा असुरक्षा बढेको बताइरहेको छ ।

काभ्रेको धुलिखेलमा दृष्टिबिहीन नागरिकसँगको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनाव नजिकिएसँग उम्मेद्वार र मतदातामा सुरक्षा चुनौति बढेको बताएका छ्न । मंगलबार आयोजित उक्त कार्यक्रममा प्रमुख आयुक्त यादवले सुरक्षा निकायको मात्र भर नपरी चुनावका बेला आफै पनि सचेत रहन उम्मेद्वार तथा मतदातालाई सचेत गराएका छन् ।

कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिड्नु लाज्जास्पद भएको बताए । शिक्षक र निजामती कर्मचारीले दलपिच्छेको झोला बोक्नु अशोभनीय भएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरे । कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले सरकार जिम्मेवार नबन्दा फरक क्षमता भएका व्यक्तिहरुका लागि निर्वाचन आयोगले निर्वाचनमा सहभागि गराउन र निर्वाचना शिक्षाका लागि आवश्यक प्रविधि भित्र्याउन नसकिएको बताए ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्