घाँटी रेटेर श्रीमतिको हत्या

सहयात्रा टिभी

सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ गौराका जयप्रकाश यादवले श्रीमतिको घाँटी रेटेर हत्या गरेका छन् । खेतमा आफूसँगै धान काट्न गएकी श्रीमती ललितादेवीको मंगलबार ४० वर्षका पति जयप्रकाशले घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेबरसाइनल जानकारी दिएको छ ।

यादवले धान काट्न प्रयोग गरिएको हँसियाले नै श्रीमतिको घाँटी रेटेको जनाइएको छ । श्रीमान श्रीमतीबीच केही दिन अगाडि झगडा भएको बुझिएको छ । यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाको खास कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्