केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१० महिने बच्चाको तौल २८ किलो !

सहयात्रा टिभी

उमेर अनुसार मान्छेको तौल पनि बढ्नु पर्छ । उसो भए ९ महिनाको बच्चाको तौल कति हुनुपर्ला ? करीब १० किलो । तर मेक्सिकोका एक बच्चा १० महिनाको हुँदा नै ९ वर्षको जत्तिकै वजनदार रहेका छन् ।

मेक्सिकोको कोलिमा भन्ने स्थानमा बस्ने लुइस मेनुअल गोन्जालेज नामक बच्चाको तौल २८ किलो छ । अस्वभाविक तौलका कारण बच्चाको ज्यान त जोखिममा परेकै छ, बुबा–आमालाई पनि सकस परेको छ । जन्मिँदा साढे तीन किलो अर्थात् सामान्य तौल रहेका लुइसको तौल त्यसपछि विस्तारै अस्वभाविक रुपमा बढ्न थालेको हो । आखिर के कारणले यति धेरै वजन बढिरहेको छ ? डाक्टरहरुले पनि अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । हर्मोनको असन्तुलनका कारण यस्तो भएको हुनसक्ने अनुमान डाक्टरको छ ।

शुरुमा त बच्चाको आमा इसाबेल पान्तोजालाई आफ्नो दूध निकै पोषिलो भएको हुँदा बच्चा राम्रोसँग सप्रिँदै गएको भन्ने लाग्यो । तर जब बच्चा आवश्यकता भन्दा बढी नै सप्रिँदै गयो तब उनमा चिन्ता थपियो । बच्चाका बुवा–आमाले उसलाई स्थानीय अस्पतालमा देखाएका छन् । बच्चाको रोग यही हो भनेर पत्ता नलागे पनि परीक्षणका रुपमा उसलाई हर्मोनल उपचार शुरु गर्ने डाक्टरहरुको योजना छ । तर हर्मोनल उपचारका लागि एक डोजको ५ सय डलर लाग्दछ । जबकी गोन्जालेजका बुवाको कमाई महिनाको २ सय डलर मात्र छ । जसका कारण उनीहरु छोराको उपचार गर्न असमर्थ भइरहेका छन् । छोराको उपचारका लागि पैसा जुटाउनका लागि गोन्जालेजका बुवा–आमाले एक फेसबुक पेज तथा बैंक अकाउन्ट खोलेका छन् । यसबाट दयालु मानिसहरुले छोराको उपचारका लागि यथेष्ट रकम दान गर्ने आशा उनीहरुको छ ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्