केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउदी अरबले १९ पेसामा विदेशी कामदार नलिने

सहयात्रा टिभी

साउदी अरवले आफ्ना नागरिकको रोजगार सुनिश्चित गर्न १९ प्रकारको रोजगारीमा नेपालीसहित विदेशी कामदार नलिने नीति लिएको छ । यो नियम आउँदो जनवरीदेखि लागू हुने जनाइएको छ । साउदीको श्रम तथा सामाजिक बिकास मन्त्रालयले १९ वटा पेशामा काम गर्ने आप्रवासीको इकमा (परिचयपत्र) समेत नविकरण नगर्ने जनाएको छ । इकमा नविकरण नभएका कामदारले साउदी छोड्नु पर्छ ।

साउदी अरवले आफ्ना नागरिकको रोजगार सुनिश्चित गर्न १९ प्रकारको रोजगारीमा नेपालीसहित विदेशी कामदार नलिने नीति लिएको छ । यो नियम आउँदो जनवरीदेखि लागू हुने जनाइएको छ । साउदीको श्रम तथा सामाजिक बिकास मन्त्रालयले १९ वटा पेशामा काम गर्ने आप्रवासीको इकमा (परिचयपत्र) समेत नविकरण नगर्ने जनाएको छ । इकमा नविकरण नभएका कामदारले साउदी छोड्नु पर्छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार साउदीले एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनन्स म्यानेजर, चिफ एकाउन्टेन्ट, सिनियर एकाउन्टेन्ट, अफिस म्यानेजर, सेल्स एसिस्टेन्ट, एड्मिनिस्ट्रेसन म्यानेजर, अफिस ब्वाई, ड्राइभर, रिसेप्सनिस्ट, वेरहाउस म्यानेजर, फोरकिल्प म्यानेजर, लजिस्टिक सुपरभाइजर र ह्युमान रिसोर्स म्यानेजरको पदमा विदेशीलाई काममा लगाउन नपाउने नीति ल्याएको हो । साउदीको यो निर्णयसँगै धेरै नेपालीको रोजगार खोसिने भएको छ । यी पदमध्ये नेपालीहरु एकाउन्टेन्ट, सेल्सम्यान, सेल्स सुपरभाइजर, म्यानेजर, अफिस ब्वाई र ड्राइभरमा कार्यरत छन् । आफ्नो अर्थतन्त्र कमजोर हुँदै गएको र विरोजगारको संख्या बढिरहेकोले साउदीले यस्तो निर्णय गरेको जनाएको छ ।

‘साउदी सरकारको लेवरमा मात्रै विदेशी कामदार ल्याउने योजना देखिन्छ’–इन्जिनियर धरम केसीले भने–‘यो निर्णयले विदेशी कामदारको माथिल्लो तहमा हुने रोजगारीको अवसर कटौती हुने देखिन्छ ।’ साउदीको भिजन २०३० अन्तर्गत साउदी अरबलाई आप्रबासी कामदारबिहीन मुलुक बनाउने लक्ष्य अनुरूप तीब्र गतिमा त्यसतर्फ साउदी अगाडि बढेको केसी बताउँछन् । साउदी अरबमा ८५ लाख आप्रबासी कामदारहरू रहेकोमा सन् २०१७ को सेप्टेम्वरसम्म  ३ लाख दुई हजार ४ सय ७३ जना घटेर ८२ लाख कायम भएको छ । साउदीले बिशेष गरी साउदी महिलालाई काम गर्न प्रोत्साहन गरेको छ । हालै मात्रै उनीहरुले गाडी चलाउन पाउने नियम ल्याएको थियो । यो बर्षमात्रै ९ लाख २३ हजार साउदी युवा श्रम बजारमा आएका छन् ।आप्रवासी कामदारको बिमा गर्ने सरकारी निकाय गोसोका अनुसार हरेक दिन ३ हजार एक जनाको रोजगार कटौती भइरहेको छ । जसमा एक हजार एकसय २० जना विदेशी र १८ सय ८१ जना साउदी नागरिक पर्छन् ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्