केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेद्वार आक्रमणका घटना अनुसन्धान भइरहेको छ–देउवा

सहयात्रा टिभी

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारका क्रममा उम्मेद्वारहरुमाथि भएका आक्रमणका घटना तीब्ररुपमा अनुसन्धान भइरहेको दावी गरेका छन् ।

मंसिर १० र २१ गते हुन गइरहेको ऐतिहासिक निर्वाचन भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको पनि उनले बताए । आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपालगञ्जमा आयोजना गरिएको प्रदेश नम्बर ५ र ६ का सुरक्षा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुस्त सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन समेत दिए् ।

उनले सीमित स्रोत र साधनको उपयोग गर्दै निर्वाचन सुरक्षामा लाग्न सुरक्षा अधिकारीहरुसँग आग्रह गरे । भौगोलिक विकटतालाई पनि मध्यनजर गरी निर्वाचन तयारी जुट्न उनले सुझाव दिए । यस्तै गृह सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा योजना बनाएर कार्यान्वयनका लागि जिल्ला पठाइसकेको जनाएका छन् । ‘निर्वाचनका समयमा छिटफुट घटना भइरहेका छन् । यो किन भएका छन् गम्भीर कुरा हो’–उनले सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने–‘भयमुक्त र सुरक्षित वातावरणमा मतदातालाई भोट हाल्ने वातावरण मिलाउनुस् ।’

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्