केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुरुङ्ग खनेर बैंकमा चोरी

सहयात्रा टिभी

मुम्बई । भारत मुम्बईस्थित एक बैंकमा सुरुङ्ग खनेर रकम चोरी भएको छ ।बैंकको रकम चोरी हुनु भन्दा पनि अचम्मको कुरा त बैंकमा चोरी गर्नका लागि चोरले चार महिना लगाएर २५ मिटर सुरुङ्ग खनेको कुराले पारेको छ ।

मुम्बईको बैंक अफ बडौदाबाट चोरले नगदसहित गरगहना समेत लगेको मुम्बई प्रहरीले जनाएको छ । चोरले कति रकम बराबरको क्षति पु¥याए भने हिसाव सार्वजनिक भएको छैन । प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौदा नजिकै एक ठाउँ भाडामा लिएका थिए र त्यहीँबाट सुरुङ खने । जाँच एजेन्सीका अधिकारीहरु भन्छन्–‘चोरहरुले भाडामा लिएको ठाउँमा किराना पसल खोलेका थिए जुन देखाउनका लागि मात्रै थियो ।’

आश्चर्यको कुरा त के छ भने चोरहरुले कसैले पनि थाहा नपाउने गरी चार–चार महिनासम्म सुरुङ खन्न कसरी सफल भए होलान् ? र, उनीहरुप्रति कसैको शंका पनि भएन । बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

सो बैंकमा खाता र लकर खोलेका व्यक्तिहरुलाई मिडियाहरुले कुराकानी पनि गरेका छन् । डाग्डु गवानीले अंग्रेजी अखबर मुम्बई मिररसँग भनेका छन्–‘जिन्दगीभरको मेरो कमाइ बैंकको लकरमा थियो । पुस्तौंदेखि मेरो परिवारमा रहेका गरगहनाहरु थिए । सबै चोरी भयो ।’ २२५ थान डिपोजिट बाकसहरुमध्ये चोरहरुले ३० वटा चोरेका प्रहरीले जनाएको छ । तर चोरहरुको बारेमा अझै पत्ता लागेको छैन ।

प्रकाशित : 15 November, 2017

प्रतिक्रिया दिनुहोस्