केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनले बढ्यो इन्धनको खपत

सहयात्रा टिभी

काठमाण्डौं । प्रतिनिधि तथा प्रदेशसभा निजिकिएसँगै सवारीको इन्धन खपछ बढ्न थालेको छ । मंसिर १० र २१ मा हुन गइरहेको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको नेपाल आयल निगमले बताएका छ ।

आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करीब १२ सय किलोलिटर पुगेको छ । डिजेलको दैनिक खपत करीब ३५ सय किलोलिटर छ । सामान्य अवस्थामा पेट्रोलको खपत एक हजार किलोलिटर र डिजेलको तीन हजार मात्र रहने जनाइएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार गत अक्टोबरमा पेट्रोल खपत ४२ हजार किलोलिटर थियो ।

सेप्टेम्बरमा ३८ हजार किलोलिटर पेट्रोल खपत भएको थियो । यस्तै, सेप्टेम्बरमा ८५ हजार किलोलिटर खपत भएको डिजेल अक्टोबरमा एक लाख किलोलिटर पुगेको छ ।निगमका अनुसार अहिले ग्याँसको मासिक खपत ३० हजार मेट्रिक टन छ । ग्याँसको खपतमा भने उतार–चढाव नभएको निगमले जानकारी दिएको छ । नोभेम्बरभरिमा डिजेल एक लाख १० हजार र पेट्रोल ४३ हजार किलोलिटरको हाराहारीमा खपत हुने निगमको अनुमान छ । यसैबीच, आपूर्ति मन्त्रालयले निर्वाचनको समयमा इन्धनको आपूर्ति सहज बनाउन निगमलाई निर्देशन दिएको छ ।

सोहीअनुरुप निगमले आपूर्ति बढाएको छ भने भण्डारण क्षमतालाई पनि चुस्त बनाउन लागेको जनाएको छ । विकास निर्माणका गतिविधि शुरु हुने सिजन यही हो । निर्वाचनको माहौल उत्कर्षमा पुग्दै गर्दा इन्धन खपत पनि बढेको निगमका अधिकारीहरुको भनाइ छ । तर, अहिलेको खपत वृद्धिको मुख्य कारण निर्वाचन नै भएको उनीहरु बताउँछन् । निर्वाचनको समयमा दलहरुले प्रचार–प्रसारका लागि पनि गाडी प्रयोग गर्ने गरेका कारण इन्धन खपत बढेको निगमले जनाएको छ ।

प्रकाशित : 15 November, 2017

प्रतिक्रिया दिनुहोस्