केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नौ किलो चाँदी र हात्तीको पुच्छरसहित दुई पक्राउ

सहयात्रा टिभी

महोत्तरी । नौ किलो तयारी चाँदीका गरगहना र हात्तीको पुच्छरसहित दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिबासबाट उक्त सामग्रीसहित दुई जनालाई प्रहरीले फक्राउ गरिएको हो ।

कैलाली टीकापुर नगरपालिका–१ का विश्वराज तिवारी र कालिकोट तिलकानगर–९ बस्ने लक्ष्मी कोइरालालाई उक्त सामग्रीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासमा प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटेलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट अबैध नौ किलो ४ सय ग्राम चाँदी र १५ हजार १ सय थान हात्तीको पुच्छर बरामद भएको प्रनाउ पोखरेलले बताए । प्रहरीले उनीहरुलाई बिशेष सुराकीको आधारमा होटलबाट पक्राउ गरेको जनाएको छ । चाँदीका गरगहना र हात्तीको पुच्छरसहित पक्राउ परेका उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने भएको छ ।

प्रकाशित : 15 November, 2017

प्रतिक्रिया दिनुहोस्