केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले आज देखि बन्द गर्यो उपत्यकामा एनालग प्रविधिवाट सञ्चालित केबल टेलिभिजन (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । सरकारले मंगलबार देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजनको प्रशारण बन्द गर्ने अग्रिम सूचना बमोजिम आज देखि काठमाडौं उपत्यकाभित्र एनालग प्रविधिबाट सञ्चातिल सव्र केबल टिभीको सिग्नल बन्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले बुधवारदेखि महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी बन्द गरेको हो ।

सरकारले एनालग प्रविधि बन्द गरि डिजिटल प्रविधिमा रूपान्तरण गर्नका लागि समयसिमा दिएको थियो । सो समयसिमाभित्र पनि एनलग प्रविधि बन्द नगरिएकोले सरकारले काठमाडौं उपत्यकाभित्र एनालग प्रविधि बन्द गराएको हो । एनालग प्रविधि बन्द भएसंगै अधिकांश उपत्यकावासी उपभोक्ताहरु टिभी हेर्नबाट बन्चित भएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयको टोलीले केबल सञ्चालनमा स्टेसनहरुको अनुगमन गरी एनलग प्रविधिको सिग्नल बन्द गरेको फ्रिक्वेन्सी व्यवस्थापन शाखाका संयोजक अनुप नेपालले बताए ।

एनलग प्रविधि पुरानो प्रविधि भएको र डिजिटल प्रविधिबाट प्रयोगकर्ताको संख्या थाहा हुने र त्यसबाट राजश्व पनि पारदर्शी हुने सरकारको दाबी छ । सरकारी निकायले सबै केबल अपरेटहरुलाई अनिवार्य रुपमा आजदेखि डिजिटल सेवा प्रदान गर्न बाध्य बनाएको केबल सन्चालकहरुले बताएका छन् ।

डिजिटल टेलिभिजन हेर्न भने ग्राहकले २ देखि ३ हजार रुपैयाँ खर्च गरेर डिजिटल सेटअप बक्स जडन गर्नुपर्नेछ ।

तत्कालका लागि १५ लाख बक्स आवश्यक पर्ने भएपनि सरकारले ५ लाखमात्र उपलब्ध गराएको केबल सन्चालकहरुको दाबी छ ।

भिडियो सहित :

SahaYatratv || सरकारले काठमाडौं उपत्यकामा गर्यो एनालग प्रविधि बन्द ||

 

प्रकाशित : 15 November, 2017

प्रतिक्रिया दिनुहोस्