=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


भारतमा गोली लागेका व्यापारी दुई किलोमिटर मोटरसाइकल चलाएर सुरक्षित

सहयात्रा टिभी

सर्लाही । भारतीय भूमिमा गोली लागेका एक नेपाली व्यापारीले गोलीको चोटसहित दुई किलोमिटर मोटरसाइकल चलाएर आफूलाई बचाएका छन् । गोली लागेर सर्लाही मलंगवा–९ घर भएका राकेश चौधरी घाइते भएका हुन् ।

चौधरी कवाड व्यापारी हुन् । भारतको सीतामढीबाट मोटरसाइकल चढेर मलंगवातर्फ आइरहेका बेला गए राति करीब ८ बजेतिर चिलरी मोड भन्ने स्थानमा अज्ञात समूहले उनलाई गोली हानेको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने–‘नेपालभन्दा करीब दुई किलोमिटर पर भारतीय भूमिमा उनलाई गोली लाग्यो ।

तर पनि उनी मोटरसाइकल चलाएरै नेपाली भूमिमा आए र मलाई गोली लाग्यो अस्पताल लैजाऊ भनेपछि तत्काल अस्पताल पु¥याइयो ।’ उनले थपे–‘अचम्मै भयो । गोली लागेर पनि उनी मोटरसाइकल चलाएरै हिंडे । भाग्य बलियो रहेछ ।’ प्रहरीका अनुसार चौधरीको बायाँतर्फ पेटमा लागेको गोली वारपार भएको छ । सर्लाही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको प्रजिअ कटुवालले बताए । चौधरीलाई गोली हान्ने समूह र गोली हान्ने कारण खुलेको छैन । भारतीय प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको प्रजिअ कटुवालले जानकारी दिए ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्