केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोम्जनको स्मृतिमा अन्तर्राष्ट्रिय फुटवल

सहयात्रा टिभी

काठमाण्डौं । २०७२ सालको विनाशकारी भूकम्पमा ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा आउँदो पुस ८ देखि हेटौडामा टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप आयोजना हुने भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने गोल्डकप पुस ६ देखि १५ गतेसम्म हुने जनाइएको छ । गोल्डकपमा नेपालको ‘ए’ डिभजन क्लब, आयोजक र विदेशी क्लब गरी कूल ८ टिमको सहभागिता रहने प्रतिष्ठानमा द्वितिय उपाध्यक्ष विशाल घोषले बताए । घोषका अनुसार ३ ‘ए’ डिभिजन क्लब, ३ विभागीय टोली, आयोजक र भारत वा भुटानमध्ये एक देशको उत्कृष्ट टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।गत वर्ष १० टोलीले सहभागिता जनाएको र नेपाल आर्मी च्याम्पियन बनेको थियो ।

गोल्डकपको विजेताले नगद ५ लाख तथा उपविजेताले ३ लाख हात पार्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार, अनुशासित टिमले १० हजार, प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।२०७२ साल बैशाखको विनाशकारी भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमनको नाम अमर बनाउन यो प्रतियोगिता गरेको पनि घोषले जनाए ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्