ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्छ भनेका छन्–देउवा

सहयात्रा टिभी

धनगढी । आसन्न चुनावा होमिएका वाम गठबन्धनले अबको सरकार पनि वाम गठबन्धनकै बन्ने बताइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने अबको चुनावपछिको प्रधानमन्त्री पनि आफै भएको दावी गरेका छन्।

कैलालीको धनगढीमा बिहीबार बिहान आयोजित पत्रकार भेटघाटमा देउवाले भने–‘मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छ भनेका छन्, फेरि पनि प्रधानमन्त्री बन्ने मै हुँ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ बताइरहेका बेला देउवाले आफू ७ पटकसम्म प्रधानमन्त्री हुने बताएका हुन् ।‘अन्तिम प्रधानमन्त्री’ भन्ने केपी ओलीको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा देउवाले भने– ‘कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउँछ र फेरि पनि प्रधानमन्त्री मै हुन्छु ।’

कांग्रेस सभापति देउवा हाल चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा छन् । सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने व्यक्ति अहिले आफूबाहेक कोही नभएको दाबी समेत देउवाले गरे । डडेलधुरामा आफूले चुनाव जित्ने पक्कापक्की भएको दावी गर्दै देउवाले सुदूर पश्चिममा पनि कांग्रेसको राम्रो नतिजा आउने र पार्टीले बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे ।कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेकी पत्नी आरजु राणाको पक्षमा चुनाव प्रचार गर्न प्रधानमन्त्री देउवा यतिबेला कैलालीमा छन् ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्