होचा कलाकार दिपेन शाहको निधन

सहयात्रा टिभी

काठमाण्डौं । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका अभिनय गरेका होचा कलाकार दिपेन शाहको निधन भएको छ ।
उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको छ ।

नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाण्डौंमा कोठा भाडामा बस्दै थिए । पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाण्डौं फर्किएका थिए ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्