केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण कोरियामा ठूलो भूकम्प, नेपाली कामदार सुरक्षित

सहयात्रा टिभी

दक्षिण कोरियामा अहिलेसम्मकै दोस्रो ठूलो भूकम्प गएको छ । स्थानीय समय अनुसार बुधबार दिउँसो फोहाङ शहर केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको ।

अहिले पनि भूकम्पको परकम्प आइरहेको समाचार संस्था योङहापले जनाएको छ । भूकम्पबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुलाई क्षति पुगेको खबर अहिलेसम्म प्राप्त नभएको त्यहाँ कार्यरत पत्रकार ऐश्वर्य श्रेष्ठले जानकारी दिइन् । भूकम्पका कारण कम्तिमा ५७ जना घाइते भएका छन् भने १५ सय परिवार घरबारबिहीन भएका छन् । भूकम्पको धक्का राजधानी सउलसहित देशभर महसुस गरिएको थियो । भूकम्पपछि त्यहाँको शिक्षा मन्त्रालयले आजका लागि देशभरी नै तय गरेको प्रवेश परीक्षा पनि स्थगित गरेको खबरमा उल्लेख छ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्