केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भुटानीको शरणार्थीको पुनर्बास बन्द

सहयात्रा टिभी

झापा । भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्बासको सबै नयाँ प्रक्रिया बन्द भएको छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले शरणर्थी पुनर्बासका प्रक्रिया बन्द गरिएको जनाएको छ ।

झापको दमकमा आयोजित शरणार्थीहरुसँगको छलफलमा पुनर्बासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्यमार्फत गरिने राहदानीबाट आफ्ना सदस्य भने लानसक्ने बताइएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङपाङले जानकारी दिए । छलफलमा भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो ।

छलफलमा सहभागी बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीका अनुसार तेस्रो मुलुक स्थानान्तरण रोकिएपछि अब के हुन्छ भन्ने प्रश्नमा स्वदेश फिर्ती हालसम्म सम्भव नदेखिएको र स्थानीयकरणमा जोड दिइएको थियो ।  पछिल्लो समय भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा गरी करीब नौ हजारको संख्यामा भुटानी शरणार्थी रहेको युएनएचसीआरले जानकारी दिएको छ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्