केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारका निर्णयबारे स्पष्टिकरण सोध्छौं–आयुक्त दाहाल

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सरकारले निर्वाचनलाई प्रभावित गर्ने महत्वपूर्ण निर्णय गर्नु आचारसंहिता विपरीत रहेको भन्दै यसबारे आयोगले स्पष्टिकरण लिने बताएका छन् ।

ताप्लेजुङका सञ्चारकर्मीसँग शुक्रबार कुरा गर्दै आयुक्त दाहालले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आचारसंहिता लत्याउँदै विभिन्न नियुक्ति र दीर्घकालीन महत्व राख्ने निर्णय गर्नुले आचारसंहितको ठाडो उल्लंघन भएको बताए । उनले यसअघि पनि सरकारले गरेको आचारसंहिता विपरीतका निर्णय सच्याउन र निर्णयमा आयोगले असहमति जनाएको बताउँदै निर्वाचन प्रभाव पार्ने निर्णय गरे सरकारलाई पनि पुनः स्पष्टिकरण सोध्ने बताए ।

उनले पूर्वमा दलहरु र उम्मेद्वारले आचारसंहित विपरीत गरेका कार्यमा स्पष्टिटकरण सोध्ने र आचारसंहित विवरीत टाँगिएका र राखिएका व्यानर तथा पर्चा पम्पप्लेट हटाउने कार्यमा पनि आयोग सक्रिय रहेको बताए ।

प्रकाशित : 1 December, 2017

प्रतिक्रिया दिनुहोस्