केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रियल मड्रिडका स्ट्राइकरलाई कर छलीको मुद्दा

सहयात्रा टिभी

स्पेनिस लिगमा व्यवसायिक फुटबल खेलिरहेका रियल मड्रिडका क्रोएशियाली स्टार लुका मोड्रिकबिरूद्ध पनि कर छलीको आरोप लागेको छ । करछलीको मुद्धामा मोड्रिककी पत्नी भाज्दालाई पनि बिपक्षी बनाइएको छ । स्पेनिस अभियोजकहरुले सन् २०१३ र २०१४ मा मोड्रिकले ८ लाख ७० हजार भन्दा बढी रकम कर छलेको अराोपसहित मुद्दा दायर गरेको छ ।

अभियोजन पक्षले एक महिनाअघि नै जानकारी गराएका थिए कि उनीहरुले इल्स अफ म्यानमा मोड्रिकको बित्तीय स्थितिबारे जानकारी पाएका थिए । त्यसमा उनले कानूनतः कर तिरेको भेटिएको थिएन । इंग्लिस क्लव टोटनहृयामबाट अनुबन्धित भएका मोड्रिक पाँच वर्षदेखि रियल मड्रिडका लागि खेलिरहेका छन् । मड्रिडकै लेफ्ट ब्याक मार्सेलो करछलीको मुद्दामा अदालतमा उपस्थित भएको एक दिनपछि मोड्रिकबिरुद्ध मुद्दा दायर गरिएको हो ।

ब्राजिली स्टार मार्सेलोलाई ४ लाख ९० हजार युरो कर छलीको मुद्दा लगाइएको छ । गत वर्ष बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सी र उनका पितालाई कर छलीको मुद्दामा दोषी ठह¥याउँदै स्पेनिस अदालतले ४.३ मिलियन पाउण्ड जरीवाना सुनाएको थियो । क्रिष्टियानो रोनाल्डो, रिकार्डो कार्भाल्हो, एन्जेल डी मारिया, जाभियर मास्केरानो, रामाडेल फाल्काओ र फावियो कोएन्ट्राओ पनि कर छलीको मुद्दामा अनुसन्धानमा परेका थिए ।

प्रकाशित : 1 December, 2017

प्रतिक्रिया दिनुहोस्