केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उद्यौली र ज्यापु दिवस मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । आज नेपालका विभिन्न जातिले आ–आफ्ना पर्वहरु मनाइरहेका छन् । पूर्वका किरात राई जातिले उद्यौली पर्व मनाइरहेका छन् । यस्तै नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवश मनाइरहेका छन् । यस्तै हिन्दु समुदायले आज नै धान्यपूर्णिमा मनाइरहेका छन् ।

सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् ।

यसै गरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् । योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने–खुवाउने चलन छ ।

१४ औं राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकुबाट भित्री शहर हुँदै बसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक ¥यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही मंसिर १० गते परम्परागत निमन्त्रणा गरिसकेका छन् ।

०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो । यसैगरी किरात समुदायले उधौली पर्व मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्