केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३२ जिल्लामा २१ गते ५ बजेदेखि मतगणना

सहयात्रा टिभी

काठमाण्डौं । गत मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना थालिने भएको छ । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिना साथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना थालिनेनिर्वाचन आयोगले जानकारी दिएको छ । १० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा राखिएको छ ।

सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन् । आयोगले साता दिनभित्र प्रत्यक्षतर्फको सबै मत परिणाम आइसक्ने जनाएको छ । समानुपातिकका लागि केही समय लाग्ने र प्रत्यक्षको परिणाम भने हप्ता दिनभित्र आउन जनाइएको छ । दुई चरणमा गरी यसपालि १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा सदस्यका लागि चुनाव हुँदैछ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्