गौचन हत्याका मुख्य योजनाकार पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले गौचन हत्यामा मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई भारतबाट पक्राउ गरेको हो । पक्राउमा परेका बस्नेतलाई प्रहरीले आज (आइतबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जनाइएको छ ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जनालाई पक्राउ गरिसकेको छ । बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्