केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१० वर्षीय बालकको हत्या

सहयात्रा टिभी

पर्सा । पर्सामा चार दिनदेखि वेपत्ता एक १० वर्षीय बालक मृत्त भेटिएका छन् छ । बहुदरमाई नगरपालिका वडा–२ का सन्जय साह तेलीका १० वर्षीय छोरा सुमित कुमारको हत्या भएको जनाइएको छ ।

पर्सा प्रहरीले सुमितको शव गए राति पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला पारेको थियो । हत्या गरी शव लुकाएर राखिएको र शनिबार साँझ पोखरीको डिलमा फालिएको स्थानीय सुनिल कुशवाहाले बताएका छन् ।

बालकको परिवारले वेपत्ता भएकै दिन मंसिर १३ गते बुधवार ईलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिंदा पनि प्रहरीले बेवास्ता गरेको परिवारजनको आरोप छ । सुमित सन्जयका एक्ला छोरा हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्