केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रयाक्टर पल्टिँदा सात घाइते

सहयात्रा टिभी

डोटी । डोटीमा आइतबार दिउँसो १२ बजेतिर ट्याक्टर पल्टिँदा चालकसहित सात जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर छ । से १ त ८८१ नम्बरको ट्याक्टर आदर्श गाउँपालिकाको काँडी स्याउलेबाट फर्कने क्रममा दिपायल सिलगढी नगरपालिकाको तिखामा पल्टिएको थियो ।

दुर्घटनामा ३० वर्षीय ट्याक्टर चालक विनोद चौधरी, २९ वर्षीय रामसिंह चौधरी र २८ वर्षीय लालबहादुर थारु गम्भीर घाइते छन् । घाइतेहरुको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

विद्युतका पोल गाड्ने काम ज्यालादारीमा गरेर दिपायलतर्फ फर्कने बेला दुर्घटना भएको घाइते बिष्णु डंगौराले बताएका छन् । उनले स्याउले काँडीबाट खाली ट्याक्टर आइरहेका बेला आफूहरु भुण भन्ने ठाउँबाट चढेको बताए । ट्याक्टर कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्