जापानिज गीतमा नेपाली कलाकार

सहयात्रा टिभी

काठमाण्डौं । नेपाली कलाकारको फिचरिङ रहेको जापानिज गीत सार्वजनिक भएको छ । फिल्म ‘माइ लभ’ मा समेटिएको गीतमा फिल्मकै कलाकार गणेश लामा र शितल श्रेष्ठ गीतको भिडियोमा देखिएका हुन् ।

भिडियोमा जापानिज नायिका युईची हायताको पनि अभिनय रहेको छ । गीतमा ताकाफुमी होसाईको संगीत र रेई सातो, शिनोबु ओशिमा, मिसाओ युईदा र युका तुका टोकुईको स्वर छ । सार्वजनिक गीतको शब्द भने निर्देशक डा. तोसिआकी इतोहले लेखेका हुन् ।

जापानमा छायाङ्कन गरिएको भिडियोलाई नारायण जिसीले खिचेका हुन् भने प्रदिप श्रेष्ठले निर्देशन गरेका छन् । फिल्म यही मंसीर २९ गतेदेखि रिलिज हुँदैछ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा फिल्ममा देखाइएको छ ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्