केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी राष्ट्रपतिले गरे एफबीआईको आलोचना

सहयात्रा टिभी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन’ (एफबीआई) को आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले एफबीआईको प्रतिष्ठा चूर्ण–चूर्ण भएको भन्दै निन्दा गरेका हुन् ।

अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मुलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पको कडा आलोचना आएको हो । एफबीआईका पूर्व निर्देशक जेम्स कुमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उनले जिकिर गरेका छन् ।

चुनाव जित्नका लागि आफ्नो प्रचार टिमले रुससँग साँठगाँठ गरेको आरोपको पनि उनले ठाडै अस्वीकार गरे ।
एफबीआईका पूर्व निर्देशक मूलरको नेतृत्वमा भइरहेको अनुसन्धानमा एफबीआईका एक अफिसरले ट्रम्पविरोधी पत्र पठाएकामा मूलरले उनलाई हटाइदिएका थिए । आफ्नो सजाय कम गर्नका लागि मूलरको अनुसन्धानमा सघाउने भन्दै फ्लिनले अघिल्ला बयानमा आफूले झूठो बोलेको वक्तब्य दिएपछि ट्रम्प एफबीआईप्रति नै आक्रोशित बनेका हुन् । (एजेन्सी)

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्