केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साना दलका ठूला एजेण्डा

सहयात्रा टिभी

झापा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका झापाका साना १० राजनीतिक दलले एकैथलोबाट आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेका छन् ।

सबै खाले विभेदको अन्त्य गरी समानता र मुलुकको समृद्धि उनीहरुको मुख्य एजेण्डा छन् । संवाद समूह झापाको संयोजनमा भएको आइतबारको छलफलमा ती दलका नेताले उत्साहका साथ आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् । फरक विचार र आन्दोलनमा रहेका ती पार्टीका एजेण्डामा पनि विविधता भेटिएको छ । संघीयता खारेज, संसदीय व्यवस्था भंगदेखि जनवादी व्यवस्था लागू गर्नेसम्मका ती दलका एजेण्डा छन् । दल सानो भए पनि विचार र एजेण्डा ठूला पाइएको छ ।

भ्रष्टाचारमुक्त, कृषिक्रान्ति, वैदेशिक हस्तक्षेपको अन्त्य, शिक्षा र रोजगार सबैका साझा एजेण्डा छन् । राजनीतिलाई व्यापार र पेशा नभई सेवा गर्ने आधार बनाउनुपर्नेमा साना दलको जोड छ । ती दलका नेताहरुले शान्ति सुरक्षाको उचित व्यवस्थासहित निर्वाचनलाई निष्पक्ष, मितव्ययी र मर्यादित बनाउने तथा आफूहरुले शान्तिपूर्ण गतिविधि गर्नेलगायतका चार बुँदे साझा प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कुनाभित्र हलो चुनाव चिह्न लिएर झापाबाट प्रतिनिधिसभामा प्रत्यक्ष पाँच र समानुपातिक आठजना उम्मेदवारसहित मैदानमा उत्रिएको एकीकृत राप्रपा राष्ट्रवादीका जिल्ला संयोजक लक्ष्मी ओडारी, उम्मेद्वार बृजकिशोर ठाकुरले राजसंस्थासहितको हिन्दू राष्ट्र आफ्ना प्रमुख एजेण्डा भएको बताए ।

प्रकाशित : 4 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्