प्रधानमन्त्री देउवालाई लक्षित गरी राखिएको बम निस्क्रिय

सहयात्रा टिभी

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गरी राखिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ । कैलालीको धनगढीबाट डडेलधुरा जान लागेका प्रधानमन्त्रीलाई लक्षित गरी राखिएको प्रहरीले जानकारी दिएको छ ।

धनगढीमा प्रधानमन्त्री बसेको होटल नजिकै डढेलधुरा जाने बाटोमा बम भेटिएको प्रहरीले जनाएको छ । धनगढीबाट डढेलधुरा जाने प्रधानमन्त्रीको रुटमा जाँच गर्दा बम भेटिएको थियो ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्