केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माघ ९ देखि आहा रारा गोल्डकप

सहयात्रा टिभी

काठमाण्डौं । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप आउँदा माघ ९ गतेदेखि पोखरामा हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने १६ औं संस्करणको प्रतियोगिताको तयारी अगाडि बढाइएको छ ।

प्रतियोगितामा नेपालका विभागीय टीम, ‘ए’ डिभिजनका क्लबका साथै पूर्व, पश्चिम क्षेत्रबाट १–१ टीम, आयोजक सहारा क्लब पोखरा तथा विदेशी गरी १२ टीमको सहभागिता रहने आयोजक सहारा क्लबले जानकारी दिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौं’ भन्ने नाराका सञ्चालन हुने प्रतियोगिताबाट बचेको रकम सहारा एकेडेमीमा रहेका बालकको शिक्षा र भरण पोषणमा खर्चिंने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताएका ।

फुटबल मैदानको पूर्व र पश्चिमतर्फको प्याराफिट भत्काउन रकम समेत विनियोजन भएकाले तत्कालै प्याराफिट भत्काए पनि कृत्रिम प्याराफिट निर्माण गरी आहा रारा गोल्डकप सम्पन्न गरिने अध्यक्ष थापाले बताएका छन् । प्रतियोगिताबाट १ करोड २१ लाख ८२ हजार आम्दानी र ९० लाख ५ हजार ५ सय खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्