केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंको चपलीमा बम विष्फोट, गगन थापा घाइते

सहयात्रा टिभी

काठमाण्डौं । काठमाडौंको चपलीमा बम विष्फोट हुँदा कांग्रेस उम्मेद्वार गगन थापा घाइते भएका छन् । विष्फोटमा अन्य केही पनि घाइते भएको जनाइएको छ ।

काठमाण्डौ–४ का उम्मेद्वार थापा बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा घरदौलो कार्यक्रममा रहेका बेला बम विष्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । विष्फोट कसले गराएको हो भन्नेबारे केहि खुलेको छैन ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्