केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपचारपछि गगन थापा अस्पतालबाट डिस्चार्ज, हिंसात्मक घटनाबाट आतंकित नहुन आग्रह

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंको चपलीहाइटमा बम विष्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाण्डौं क्षेत्र–४ का कांग्रेस उम्मेद्वार गगन थापा उपचारपछि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि नेता थापाले आफूलाई नै लीक्षत गरेर बम आक्रमण भएको प्रतिक्रिया दिएका छन् । उनले यस्ता आक्रमणको घटनाबाट विचलित नहुन मतदातालाई आग्रह गरेका छन् ।

थापाको घरदैलो कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट हुँदा थापासहित ११ जना घाइते भएका छन् । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र सात जनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्