केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेद्वार आक्रमणका घटना बढेपछि सरकारले माग्यो नागरिकसँग सहयोग

सहयात्रा टिभी

काठमाण्डौं । उम्मेद्वार आक्रमणका घटना लगातार बढ्न थालेपछि सरकारले नागरिकसँग सहयोग मागेको छ । अपरिचित व्यक्ति वा शंकास्पद बस्तु देखेमा प्रहरीलाई खबर गरेर सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

देशभर भइरहेका बम विष्फोटका घटनाबाट निर्वाचनमा अवरोध पुगेको भन्दै सरकारले सार्वजनिक सूचना नै निकालेर सर्वसाधारणको सहयोग मागेको हो । गृह मन्त्रालयले जारी गरेको सूचनामा अपरिचित व्यक्ति, शंकास्पद गतिविधि र शंकास्पद बस्तु देखेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।

सार्वजनिक सूचनामा ‘आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा निर्वाचन विरोधीहरुले उम्मेद्वारलाई लक्षित गरी विष्फोटनका घटनाहरु घटाउने, सर्वसाधारणहरुलाई डर त्रास सिर्जना हुने गरी सार्वजनिक स्थान तथा समाजका प्रतिष्ठित व्यक्तिहरुको घर कम्पाउण्डमा बम विष्फोटन गराउने जस्ता गतिविधिहरु गरी निर्वाचनमा अवरोध सिर्जना गर्ने क्रियाकलाप गरिरहेको’ उल्लेख छ ।

पूर्वमन्त्री, चुनावका उम्मेद्वार र सर्वसाधारण नै घाइते हुने गरी बम आक्रमण भइरहे पनि सरकारले यी घटनामा कसको संलग्नता छ भनेर एकिनका साथ भन्न सकेको छैन । निर्वाचनको विरोध गर्दै विप्लव समूहको यस्ता घटनामा संलग्नता रहेको सुरक्षा संयन्त्रको अनुमान छ । तर, गृह मन्त्रालयले बम विष्फोटका घटनामा निर्वाचनविरोधीको संलग्नता मात्र भनेको छ ।

प्रकाशित : 5 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्