राँचुल बन्यो देशकै पहिलो बालमैत्री शासनयुक्त वडा

सहयात्रा टिभी

कालीकोट । कालिकोटको तिलागुफा नगरपालिकाका–२ र ४ लाई देशको पहिलो बालमैत्री शासन भएको वडा घोषणा गरिएको छ । जिल्लाको उत्तर–पूर्वमा पर्ने (साविकको राँचुली गाविस) तिलागुफा नगरपालिकामा विशेष कार्यक्रमका गरी उक्त वडालाई देशकै पहिलो बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुई वटा वडामा बालमैत्री शासनका लागि हुनुपर्ने ४१ वटा सूचक पूरा गरेकाले बालमैत्री शासन घोषणा गरिएको हो । आयोजकका अनुसार स्थानीय तह सञ्चालन ऐन, २०७४, बालबालिकासम्बन्धी ऐन, २०४८ एवं नियमावली—२०५१ तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति–२०६८, कार्यान्वयन कार्यविधि–२०६८ र घोषणा–२०७० मा भएको व्यवस्थाअनुसार सूचकहरुमा पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता हुनुपर्ने, सबैको घरमा खानेपानीको पहुँच पुगेको, बाल–विवाहको क्रम घटेको हुनुपर्ने, बालबालिकामा बाल हिंसामुक्त हुनुपर्नेलगायतका ४१ वटा सूचकमा पूर्णता कायम गरेपछि बालमैत्री शासन घोषणा गरिएको हो ।

तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले ४१ वटा सूचकमध्ये केही पूरा भएको र केही पूरा हुन बाँकी रहेकाले यसलाई छोटो समयमा पूर्णता दिने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि शाहीले देशमा अहिले राजनीतिक परिवर्तनबाट सामाजिक कार्यक्रममा जिल्लाका सरोकारवाला निकायहरु तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाही, खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह«े, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवासचन्द्र बोहरालगायतका प्रमुखहरुको उपस्थिति थियो । बालमैत्री शासन घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, जिल्ला शिक्षा कार्यालय, कालीकोटलगायतका निकायहरुको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
–––

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्