केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनाव प्रचारमा निस्केका ठकुरी एक हप्तादेखि बेपत्ता

सहयात्रा टिभी

डोल्पा । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसारका लागि एक सातादेखि घरबाट निस्केका उपल्लो डोल्पाका एक व्यक्ति वेपत्ता भएका छन् ।

गत मंसिर १० मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनकातर्फबाट प्रचार–प्रसारमा घरबाट निस्केर उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको परिवारले बताएका छन् । अन्दाजी ४५ वर्षका ठकुरी ११ मंसिरमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको शे–गुम्बाबाट साथीहरुसँग सम्पर्कविहीन भएका हुन् ।

उनी मंसिर ११ गते बेलुका फरक–फरक ठाउँमा बसेको र मंसिर १२ गते बिहान सम्पर्क गर्न खोज्दा अहिलेसम्म सम्पर्क नभएको उनीसँगै प्रचारमा गएका जगदुल्ला गाउँपालिका–५ का बिष्णुबहादुर बिकले बताएका छन् । बेपत्ता ठकुरी जीवितै पाइने आशा न्यून भए पनि लाश भए पनि पाइन्छ कि भन्ने आशा रहेको आफन्तले बताएका छन् । बेपत्ता ठकुरीको बारेमा केही पनि जानकारी नपाइएको प्रहरीले जानकारी जनाएको छ ।

वाम गठबन्धनका तर्फबाट एजेण्ट बस्न उपल्लो डोल्पा पुगेका ठकुरी सम्बन्धित मतदान केन्द्रको प्रतिनिधि बाहेक अन्य ठाउँको व्यक्ति बस्न नपाउने खबर पाएपछि घर फर्किने क्रममा चिसो सँगसँगै भोकले मृत्यु भएको हुनसक्ने सँगै उपल्लो डोल्पा गएका साथीहरुको अनुमान छ ।
–––

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्