केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश–७ का पाँच जिल्लामा साढे १० लाख मतदाता

सहयात्रा टिभी

धनगढी । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर–७ का पाँच जिल्लामा १० लाख ५० हजार ७३३ जना मतदाता छन् । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना मतदाता छन् ।

कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ जना तेस्रोलिंगी छन् । प्रदेश नम्बर–७ मा सबैभन्दा कम मतदाता डडेल्धुरामा रहेका छन् । डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी कुल ८१ हजार ७३२ मतदाता छन् ।

कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९७५ मतदाता छन् । अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ मतदाता छन् ।

डोटीमा भने ४९ हजार १४३ पुरुष र ५७ हजार ४०० महिला गरी कूल एक लाख ६ हजार ५४३ मतदाता छन् । प्रदेशका अन्य जिल्लामा भने मंसिर १० मा नै निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्