केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय प्रसिद्ध अभिनेता शशीकपुर रहेनन्

सहयात्रा टिभी

नयाँदिल्ली । भारतीय सिनेमा जगतका सफल अभिनेता शशीकपुरको निधन भएको छ । ७९ बर्षीय उनको सोमबार निधन भएको हो ।
सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्माता समेत रहेर ख्याति कमाएका शशीकपुर लामो समयदेखि मृगौल रोगका कारण विरामी थिए ।

शशीकपुरको कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिकले जनाएका छन् । शशीकपुरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गरेकाथिए भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अंग्र्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए । उनको आज (मंगलबार) अन्त्येष्टि गरिंदै छ । उनका दुई छोरा र एक छोरी छन् ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्