केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोलिदेखि काठमाण्डौ–कुवेत सिधा उडान

सहयात्रा टिभी

काठमाण्डौं । भोलि (बुधबार) देखि कुवेत–काठमाण्डौं–कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबार बाहेक साताको ६ दिन कुवेत–काठमाण्डौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवा सुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाण्डाँं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्